सामुदायिक प्रहरीको क्षमता अभिवृद्धि गर्ने उदेश्यले जेसिआई लेडि नेपालले उद्घोषण तालिम कार्यक्रमको आयोजनामा ंगरेको थियो । दीपश्री क्रिएटिभ मिडियाका निर्दशक दीपक लामिछाने प्रशिक्षण दिनु भएको थियो । २०७४ कात्तिक १४ गते मंगलबार दीपश्री क्रिएटिभ मिडियाको सभाहलमा शुरु भई कात्तिक १७ गते को दिन अन्त्य भएको थियो । जसमा विभिन्न सामुदायिक प्रहरी कार्यलयका ३७ जना प्रहरीको…
स्कुल स्कुलमा दीपश्री अभियान
महाभुकम्पको कारण विधार्थीलाई त्रास मुक्त गराउँने उदेश्यले दीपश्री क्रिएटिभ मिडियाले स्कुल स्कुलमा दीपश्री अभियान सञ्चालन गरि सम्पन्न गरेको थियो । पहिलो चरणमा उपत्यकामा २० विधालयमा ४० प्रशिक्षकको सहभागितामा सञ्चालित अभियान दोस्रो चरणमा थप पाँच विधालयमा उद्घोषण तालिम सञ्चालन गरेको थियो । विधार्थीसँग समय बिताएर रमाइलो गर्ने मात्र नभई उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले निशुल्क उद्घोषण…
फर्पिङ्गमा दीपश्रीबाट मनोसचेतना अभियान कार्यक्रम सञ्चालन
दीपश्री क्रिएटिभ मिडियाद्धारा फर्पिङ्गमा भुकम्पको कारण असर परेका मानिसलाई मनोसचेतना अभियानका क्रममा दोस्रो कार्यक्रम २०७२ जेठ १६ गते शनिबार फर्पिङ्गमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट मानिसहरु धेरै लाभाम्भित भएका थिए ।
मच्छेगाँउमा दीपश्री अभियान
दीपश्री क्रिएटिभ मिडियाद्धारा २०७२ जेठ २३ गते चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाँउमा मनोसचेतना तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी एवम् अधिवक्ता स्वागत नेपालले मनोसचेतना सम्बन्धि परामर्श दिएको थियो । जसमा स्वागत नेपाल सामुदायिक किास केन्द्रबाट पनि सहभागिता रहेको थियो ।
वासुकीनगरमा दीपश्री
गोकणर्श्वर नगरपालिका वडा नं।१२ स्थित भुकम्पले पारेको असर सम्बन्धि मनोसचेतना तथा विविध साँस्कृतिक कार्यक्रम दीपश्री क्रिएटिभ मिडियाद्धारा सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको डा। योगी विकासानन्दले ध्यान प्रवचन तथा योगाको माध्यमबाट मनोरञ्जन प्रदान गर्दै भुकम्पले क्रसित व्यक्तिलाई मनोपरामर्श दिएका थिए ।
दक्षिणकालीमा सुचना केन्द्रको आवश्वकता विषयक अन्तरक्रिया
दीपश्री खबर पत्रिकाबाट दक्षिणकाली नगरपालिकामा भएका विकास निर्माणका क्रियाकलापहरुको जानाकारी दिने उदेश्यले दक्षिणकालीलाई सुचना केन्द्रको आवश्वकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
बाल मन्दिरलाई कम्प्युटर सहयोग
दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा धुलिखेल स्थित बाल मन्दिर आधारभुत विधालयमा कम्प्युटर हस्तान्तरण गरेको थियो । कम्प्युटर शिक्षालाई निरन्तरता दिईरहेको विधालयले भुकम्पले क्षति पुयाएपछि एक वर्ष सम्म कक्षा नै सञ्चालन गर्ने नसकेको जानाकारी पाएपछि सो कम्प्युटर उपलब्ध गराएको थियो ।
महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम
विभिन्न नगरपालिकाका महिला जनप्रतिनिधिलाई क्षमता विकास , नेतृत्व विकास र प्रभावकारी भाषणकला प्रशिक्षण तालिम दीपश्री क्रिएटिभ मिडियाद्धारा प्रदान गरिएको थियो । उक्त कार्यक्रम २०७४ भदौ २० गतेदेखि २६सम्म सञ्चालन गरेको थियो । तालिम पश्चात् सम्पुर्णले खुसि व्यक्त गरेका थिए ।
दक्षिणकालीलाई नमुना नगरपालिका बनाउँन सरोकारवालासँग अन्र्तक्रिया
दक्षिणकाली नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा स्थापित गराउँन दिपश्री क्रिएटिभ मिडियाको सँयोजनमा अन्तरक्रिया तथा साक्षात्कार कार्यक्रम गरिएको थियो ।
विपन्न विधार्थीहरुलाई दीपश्रीको न्यानो कपडा वितरण
दीपश्री क्रिएटिभ मिडियाद्धारा सञ्चालित खुशी बाँडे खुशी बढ्छ समुह र राष्ट्रिय सामाजिक सरोकार संघको समन्वयमा २०७३ मंसिर २९ गते बुधबार चन्दागिरी नगरपालिका वडा न. १३ मा अवस्थित चुनदेवी प्राविमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको थियो ।
