काम्दालीलाई दीपश्रीको न्यानो कपडा

न्यानो नाना र राम्रो बास नभएका चितवनको अति विकट क्षेत्र काम्दाका चेपाङ्गहरुले यसपाली न्यानो कपडा लगाउन पाउने भएका छन् । जाडो सुरु हुनै लाग्दा तिहारको अवसर पारेर कार्तिक १० गते बुधबार दीपश्री क्रिएटिभ मिडियाको संयोजनमा चितवनको लोथ्थर गाविस वडा नं. ९ काम्दाकै फेदीमा पुगेर काम्देलीहरुलाई करिब १ लाख २० हजार बराबरको न्यानो कपडा वितरण गरिएको दीपश्रीका कार्यकारी निर्देशक दिपक लामिछानेले बताए ।

 

काम्दाकै लागि काम गरेका लोथर गाविसका प्रतिनिधि सन्त बहादुर प्रजाको रोहबरमा काठमाडौंबाट गएको सहयोगी तथा सञ्चारकर्मीसहितको टोलीले चेपाङ्गहरुकै हातहातमा कपडा वितरण गरेको हो । केही समय अगाडि चितवनकै स्थानीय एक टेलिभिजनमा काम्दाका चेपाङ्गहरुको विषयमा देखाइएको रिपोर्ट हेरेपछि उनिहरुको सहयोगार्थ जापानमा रहेका दीपश्री अन्तराष्ट्रिय सामाजिक क्लबका संयोजक पुरुषोत्तम लामिछानेको संयोजनमा सदस्यहरु प्रेम प्रसाद कँडेल र श्रीमती कोपिला कँडेलले बिशेष सहयोग स्वरुप रु १ लाख १ हजार १११ उपलब्ध गराएका थिए । साथै दीपश्रीको खुसी बाँडे खुसी बढ्छ समूहबाट १९ हजार बरारबरको नगद र कपडा सहित सोही स्थानमा पुगेर वितरणमा सहयोग गरेका थिए ।

काम्दाकी कमला चेपाङ्गले जाडोको समयमा न्यानो कपडा पाउँदा खुसी लागेको बताइन् । चितवनबाट विकट भएकाले थोरै मात्रामा सहयोगीहरु पुग्ने भएकाले काम्देलीहरुले सहयोगको अनुभव पनि कमै मात्रामा गरेको गाविस प्रतिनिधि सन्त बहादुरको भनाई थियो । भूकम्पबाट घर भत्किएकाहरुले अझै पनि राम्रो बास बनाउन नसकेको देखियो । यस्तोमा न्यानो कपडा पाउँदा चेपाङ्गहरु खुसी देखिन्थे ।
उक्त कार्यक्रममा पत्रकार नवराज न्यौपाने, रामचन्द्र काफ्ले, नेत्रमणी कठायत, खुसी बाँडे खुसी बढ्छ समूहबाट बिना श्रेष्ठ, सुगन्धा सिग्देल, लिलामाया गौतम, शर्मिला श्रेष्ठले कपडा वितरणमा सहयोग गरेका थिए भने कपडा व्यवस्थापनका लागि खुसी बाँडे खुसी बढ्छ समूहबाट अन्य सदस्यहरु निरु घिमिरे गौतम, गीता श्रेष्ठ, सपना सापकोटा, निर्मला सापकोटा संजेलले सहयोग गरेका थिए ।

………………………………………………………………………………………………………………………………………………………………………..

बालसुधार गृहका लागी दीपश्रीबाट ५ दिने क्षमता विकास तथा मनोपरामर्श तालिम

दीपश्री क्रिएटिभ मिडिया र जेसिआई काठमाडौं लेडि नेपालबाट भक्तपुरमा अवस्थित बालसुधार गृहमा ५ दिने क्षमता विकास तथा मनोपरामर्श तालिम संचालन गरिएको थियो । १५० जना सहभागीरहेको सुधारगृहमा संचालन गरिएको सो तालिमले उनिहरुमा एक छुट्टै हौसला समेत मिलेको बुझिएको थियो ।

Deepshree Creative Media conducted 5 days child skill development training and counseling related to child psychology for 150 participants at child rehabilitation center, Bhaktapur with a view to inspire motivate and guide the participants of the center. Deepshree Creative Media participate and involve in different social services oriented activities in order to bring positive change in the people of community.