चाडपर्वमा दीपश्री
With a view to promote our tradition, culture, feast and festivals team of Deepshree Creative Media provide volunteer services in the women’s festival ”Teej” at Pashupatinath temple in order to facilitate devotees by providing them free health camp, fresh drinking water and fruits. Not only this Deausi-Bhailo program in Tihar and celebration of ”Phagu parba” (Festival of colors) Maghe Sankranti (ghiu Chhaku),Ashad 15th (Dahi chiura) 15th shrawan (kheer).
दीपश्री क्रिएटिभ मिडियाले स्थापना समयदेखी नै चालिआएको रितिरिवाजलाई निरन्तरता र नयाँ पुस्तालाई जानकारी गराउनका लागी विभिन्न चाडपर्व मनाउँदै आएको छ । नयाँ बर्षको नयाँ जोशलाई शुभकामना कार्यक्रबाट सक्रियता बनाउँदै विभिन्न कार्यक्रम हालसम्म पनि निरन्तरताका साथ अगाडी बढाईरहेको छ ।
असार पन्ध्र : र साउन पन्ध्र :
असार किसानहरुको महत्त्वपूर्ण पर्व । नेपाली समाजमा प्रत्येक वर्षको असार महिनाको पन्ध्र गतेका दिन दही–चिउरा खाई मनाउने प्रचलन छ । वर्ष दिनभरि खान पुग्ने अन्नको जोहो गर्नका निमित्त असार महिनाभरि कडा मिहिनेत र परिश्रमका साथ खेतीपातीको काममा खट्ने, जुट्ने र सोही महिनाको बीचमा पर्ने १५ गतेका दिन रोपाइँ गरी दहीचिउरा खाने र साउनको पन्ध्रमा खिर खाने चलन नेपाली परिवेशमा धेरै पहिलेदेखि चलिआएको हो । यहि चलनलाई निरन्तरता दिन र नयाँ पुस्तामा यसको प्रभाव अझ प्रभावकारी रुपमा रहोस भन्ने उदेश्यले आफ्नो संस्थामा विभिन्न विषयमा अध्ययन गर्न आएको युवा पुस्तालाई सन्देश दिन उनिहरुबाटै किसानी जिवन तथा असार र साउनको महत्व बुझाउन विभिन्न क्षेत्रमा विज्ञ वक्ताहरुको विचार गोष्ठी संचालन गरी यो पर्व हरेक वर्ष दीपश्रीले मनाउँदै आइरहेको छ ।
………………………………………………………………………………………………………………………………………………………………………..
दशैको शुभाकामना
हिन्दु नेपालीहरुको महान् चाडका रुपमा दशैमा लिइन्छ । दशै सुरु भए लगत्तै तिहार, छठ लगायतका चाडपर्वहरु पनि लगत्तै रुपमा आउने गर्दछ । त्यस्ता चाडपर्वले एउटा छुट्टै आनन्दको अनुभूति दिलाएको आभास गर्न सकिन्छ । हर्ष, उल्लासका साथ आउने चाडपर्वले बेग्लै रौनकता छाइदिन्छ । भिन्न खुसी प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई परिवर्तनतिर ढालिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गर्दछ ।
हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ हामी मनाउछौँ । टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । दशैमा टिका र जमरा, पिङको मज्जालाई छुट्टै अर्थका रुपमा लिइन्छ । नेपाली जनस्तरमा हर्ष उल्लासको वर्षासँगै धार्मिक, साँस्कृतिक प्रभावको पनि उत्तिकै संकेतको सुचना दिएको हुन्छ । त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । विभिन्न क्षेत्रबाट काठमाडौंको यस दीपश्रीमा जम्मा भएका साथीभाईहरुको भेटघाट र चौतारीको रुपमा दीपश्रीलाई लिदै आएको छन् । त्यसैले पनि दीपश्रीले क्षेत्रका व्यक्तिा नयाँ तथा पुराना विद्यार्थीहरुको पुर्नर मिलन गराउने उदेश्यले संस्थाको प्रमुख व्यक्तिबाट टिका लगाई शुभकामना कार्यक्रम मनाउँदै आएको छ । यो क्रमलाई दीपश्रीले सदैव निरन्तरता दिइनै रहने छ ।
………………………………………………………………………………………………………………………………………………………………………..
तिहारमा देउसी भैलो
मिडिया चैतारी मानिने दीपश्रीमा अध्ययनरत साथीभाईहरु मिली यो परम्तरलाई पनि विगत ५ बर्षदेखी निरन्तरता दिदै आएको छ ।
फरक फरक स्थानबाट जम्मा हुनु आइपुग्नु भएका साथीहरुको जमघटबाट आफ्नो सस्कृतिलाई निरन्तरता दिदै विभिन्न राजनैतिक दलका घर, सामाजिक प्रतिष्ठीत व्यक्तिको आगँन, सदै विजेनसले व्यस्त व्यक्तिहरुको एक्कै दिनलाई आनन्द बनाउनका लागी दीपश्रीबाट विभिन्न कला, संस्कृति झल्कने नृत्य तथा गीतहरु प्रस्तुत गर्दे देउसी भैलो खेल्दै आएका छौं ।
उक्त देउसी भैलोबाट संकलन भएको रकमबाट हामीले गरिव जेहेन्दार विद्यार्थीहरुका लागी कलम कपि सहयोग गर्दै आएका छौं । यो क्रमलाई निरन्तरता दिने छौं ।
………………………………………………………………………………………………………………………………………………………………………..
माघमा घिउचाक्कु
नेपालको पात्रो अनुसार प्रत्येक महिनाको पहिलो दिन संक्रान्तिको रुपले चिनिए पनि माघे संक्रान्ति दशौं महिनाको पहिलो दिनमा पर्दछ । यस दिनलाई विशेष रुपले मनाइन्छ । यसलाई माघी तथा मकर संक्रान्ति पनि भनिन्छ ।
सो दीपश्री क्रिएटिभ मिडियाले आफ्नै सभाहलमा घिउ, चाकू, तिलौरी, तरुल, खिचडी लगायत बिभिन्न परिकार बनाएर रमाइलो गरी आफ्नो प्रचलनलाई निरन्तरताको सानो प्रयास जारी राखेको छ ।
………………………………………………………………………………………………………………………………………………………………………..
दीपश्रीबाट फागुपर्व
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
हरेक वर्ष दीपश्री क्रिएटिभ मिडियाले कुनै नयाँ स्थानमा विभिन्न अतिथी कलाकारहरुको सहभागीतामा पर्यटन तथा उक्त स्थानको प्रचारप्रसार गर्ने उदेश्यले फागुपर्व मनाउँदै आइरहेको छ ।
………………………………………………………………………………………………………………………………………………………………………..
तिज कार्यक्रममा दीपश्री
नेपाली महिलाहरुको महानचाड हरितालिका तिजमा दीपश्रीले स्थापना कालदेखीनै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
संस्कृतिलाई निरन्तरता दिने उदेश्ले किर्तिपुर नगरपालिकामा अवस्थित टौदह, दक्षिणकाली नगरपालिका लगायतको विभिन्न स्थानहरुमा निशुल्क फलफुल, मिश्रीपानी स्वास्थ्य शिशिर समेत संचालन गरेको थियो ।