To provide effectiveness in health facilities provided by Ministry of health from bottom to top level people of community, it has plethora of field research whether the needy is within the health supervision and facilities or not in local level. In addition to this, DCM made some possible efforts such as co-ordination and communication between health centre and service seeker.

……………………………………………………………………………………………………………………………………………………………………….

बाल मन्दिर निमाविलाई आर्थिक सहयोग

धुलिखेल स्थित बाल मन्दिर निम्न माध्यामिक विद्यालयलाई भौतिक संरचनाको पुननिर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दीपश्री क्रिएटिभ मिडियाका संस्थापक अध्यक्ष पुरुषोत्तम लामिछाने तथा संरक्षक दिपा कुमारी कँडेलको सहकार्यमा जापानी नागरिक जुन्को किदोले उपलब्ध गराएको सहयोग रकम १ लाख ६४ हजार रुपैया साउन १० गते आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष नारायण सापकोटा र दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दिपक लामिछानेले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र शाहलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष सापकोटाले भूकम्प अतिप्रभावित काभ्रे जिल्लाका अधिकांश विद्यालयहरुमा क्षति पुगेकाले दैनिक पठनपाठनमा समस्या परेको भन्दै यस्ता किसिमका सहयोगले ति विद्यालयहरुका भौतिक संरचनाको पुननिर्माण गरि शैक्षिक गतिविधिलाई सहज रुपमा अगाडि बढाउन सहयोग पुग्ने बताए । विदेशमा रहेर पनि आफ्नो देशका नागरिकहरुलाई समस्या पर्दा आफ्नो खर्च जोगाएर यसरी सहयोग गर्ने व्यक्तित्वहरुप्रति आभार व्यक्त गरे । सहयोग गरिएका सबै रकम सहि सदुपयोग हुन सकेन भन्ने जनगुनासो आइरहने भन्दै उनले बाल मन्दिर विद्यालयले प्राप्त गरेको सहयोग रकमबाट गरेका कामहरुको विवरण संकलन गरी सञ्चारमाध्यम मार्फत सबैलाई जानकारी गराउने प्रतिवद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक शाहले सहयोग रकम ग्रहण गर्दै उक्त रकमलाई विद्यालयका भौतिक संरचनाको पुननिर्माणमा नै खर्च गरिने प्रतिवद्धता व्यक्त गरे । भूकम्पबाट विद्यालयका भवनहरु, कम्प्युटर ल्याव, पर्खालहरुमा क्षति पुगेको र विद्यालय आर्थिक संकटमा परेको जानकारी गराउँदै उनले केही समय अगाडि बाल संगठनबाट प्राप्त रु ३ लाख पचास हजार र यो सहयोग रकमले केही राहत मिलेको बताए । २०६३ सालमा पनि विद्यालयको भवन निर्माणमा सहयोग गरेका जापानी नागरिक किदो र दीपश्री क्रिएटिभ मिडियाको सहयोगप्रति उनले आभार व्यक्त गरे ।
त्यस्तै दीपश्री क्रिएटिभ मिडियाका निर्देशक लामिछानेले विद्यालयको भौतिक संरचनामा पुगेको क्षतिका कारण विद्यार्थीहरुको शैक्षिक गतिविधि प्रभावित हुन नहुनेमा जोड दिए । जापानबाट प्राप्त रकम विद्यालयसम्म पु¥याउन सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै उनले भूकम्प पछि उद्धार र राहतका कार्यक्रमका साथै एक महिने मनोसचेतना अभियान सञ्चालन गरि पछिल्लो चरणमा क्षतिग्रस्त ऐतिहासिक संरचनाको पुननिर्माणमा दीपश्रीले २०० स्वयंसेवक परिचालन गरी काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव प्रसाद कोइराला, विद्यालयका शिक्षक÷शिक्षिका, दीपश्री क्रिएटिभ मिडियाका व्यवस्थापक एवम् दीपश्री खबर पत्रिकाका सम्पादक गीता गौतम, पत्रकार नवराज न्यौपाने, दीपश्री क्रिएटिभ मिडियाका सदस्य सन्देश सुवेदीलगायतको उपस्थिति रहेको थियो । साथै विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।