फागुपर्वमा नेपालकै पहिलो जलविघुतगृह चन्द्रज्योति पावर हाउसमा सरसफाइ तथा विरुवा गोडमेल

दक्षिणकाली नगरपालिकामा अवस्थित नेपालको पहिलो जलविद्युत गृह चन्द्रज्योति पावरहाउस परिसरमा दीपश्री क्रिएीटभ मिडियाले फागुपर्वको अवसर पारेर रंगहरुसँगै उक्त स्थानमा रहेको विरुवा गोडमेल तथा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

 

दक्षिणकाली नगरपालिका निमित्त प्रमुखको प्रमुख आतिथ्यिमा, स्थानिय संघसंस्था, वृद्धिजिवी, समाजसेवी, महिला समूह लगायतको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको थियो । सरसफाइका साथै मेलमिलापको पर्वमा २०० भन्दा वढी सहभागीहरुले होलीको शुभकामना आदनप्रदान गरिएको थियो ।

………………………………………………………………………………………………………………………………………………………………………..

दक्षिणकाली मन्दिर तथा सहिदपार्क परिसरमा वृक्षारोपण तथा सरसफाई

उपत्यकाको दक्षिणक्षेत्रमा रहेको धार्मिक आस्थाको केन्द्रविन्दु दक्षिणकाली माताको पिकनिक स्पोटको वरपर सरसफाइका साथ फागुपर्व मनाइएको थियो । उक्त कार्यक्रममा दक्षिणकाली क्षेत्र प्रबन्ध सुधार समितिका अध्यक्ष उक्तम आचार्यज्यूका साथै समाजसेवीहरुको समेत उपस्थित रहेको थियो । उक्त कार्यक्रममा ८० जना सहभागीका साथ रहनुका साथै स्थानिय व्यक्तीहरुसमेत रंगहरुसँग रमाउनु भएको थियो ।