महाभुकम्पको कारण विधार्थीलाई त्रास मुक्त गराउँने उदेश्यले दीपश्री क्रिएटिभ मिडियाले स्कुल स्कुलमा दीपश्री अभियान सञ्चालन गरि सम्पन्न गरेको थियो । पहिलो चरणमा उपत्यकामा २० विधालयमा ४० प्रशिक्षकको सहभागितामा सञ्चालित अभियान दोस्रो चरणमा थप पाँच विधालयमा उद्घोषण तालिम सञ्चालन गरेको थियो । विधार्थीसँग समय बिताएर रमाइलो गर्ने मात्र नभई उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले निशुल्क उद्घोषण तालिम अथात् बोल्ने कला पनि सिकाएको दीपश्री क्रिएटिभ मिडियाको निर्दशक दीपक लामिछानले बताउँनु भयो ।

Leave a Comment