दक्षिणकालीमा सुचना केन्द्रको आवश्वकता विषयक अन्तरक्रिया

दीपश्री खबर पत्रिकाबाट दक्षिणकाली नगरपालिकामा भएका विकास निर्माणका क्रियाकलापहरुको जानाकारी दिने उदेश्यले दक्षिणकालीलाई सुचना केन्द्रको आवश्वकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

Read More

बाल मन्दिरलाई कम्प्युटर सहयोग

दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा धुलिखेल स्थित बाल मन्दिर आधारभुत विधालयमा कम्प्युटर हस्तान्तरण गरेको थियो । कम्प्युटर शिक्षालाई निरन्तरता दिईरहेको विधालयले भुकम्पले क्षति पुयाएपछि एक वर्ष सम्म कक्षा नै सञ्चालन गर्ने नसकेको जानाकारी पाएपछि सो कम्प्युटर उपलब्ध गराएको थियो ।

Read More

महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम

विभिन्न नगरपालिकाका महिला जनप्रतिनिधिलाई क्षमता विकास , नेतृत्व विकास र प्रभावकारी भाषणकला प्रशिक्षण तालिम दीपश्री क्रिएटिभ मिडियाद्धारा प्रदान गरिएको थियो । उक्त कार्यक्रम २०७४ भदौ २० गतेदेखि २६सम्म सञ्चालन गरेको थियो । तालिम पश्चात् सम्पुर्णले खुसि व्यक्त गरेका थिए ।

Read More

दक्षिणकालीलाई नमुना नगरपालिका बनाउँन सरोकारवालासँग अन्र्तक्रिया

दक्षिणकाली नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा स्थापित गराउँन दिपश्री क्रिएटिभ मिडियाको सँयोजनमा अन्तरक्रिया तथा साक्षात्कार कार्यक्रम गरिएको थियो ।

Read More

विपन्न विधार्थीहरुलाई दीपश्रीको न्यानो कपडा वितरण

दीपश्री क्रिएटिभ मिडियाद्धारा सञ्चालित खुशी बाँडे खुशी बढ्छ समुह र राष्ट्रिय सामाजिक सरोकार संघको समन्वयमा २०७३ मंसिर २९ गते बुधबार चन्दागिरी नगरपालिका वडा न. १३ मा अवस्थित चुनदेवी प्राविमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको थियो ।  

Read More

बालगृहको सहयोगका लागि दीपश्री र सामाजिक सरोकार संघ

ताकेश्वर नगरपालिका ८, मुड्खुमा अवस्थित बाल गृहको भौतिक संरचनामा महाभुकम्पले क्षति   पुयाएपछि पुर्न निमार्णमा सहयोग गर्ने उदेश्यले असोज २३ गते शनिबार एपिएफ क्लव, हलचोकमा बालगृहको सहयोगार्थ कार्यक्रम संचालन गरिएको थियो ।

Read More

बालगृहको भवन निर्माणको लागि २ लाख ५ हजार हस्तान्तरण

तारकेश्वरमा अवस्थित बालगृहको भवन निर्माणको लागि २०७२ चैत ९ गते दिपश्री क्रिएटिभ मिडियाको सहकार्यमा जापान खान्साई क्षेत्रीय समितिका संयोजक टिकाराम कंडेलले २ लाख ५ हजार रकम सहयोग गर्नु भएको थियो । ३८ जना बालबालिका रहेको बालगृहका लागि शैक्षिक लगायत खेलकुदका समाग्री दीपश्री क्रिएटिभ मिडिया र राष्ट्रिय सामाजिक सरोकार संघले प्रदान गरेको थियो ।

Read More

चेपाङ्ग परिवारलाई न्यानो कपडा वितरण

दीपश्री क्रिएटिभ मिडिया, राष्ट्रिय सामाजिक सरोकार संघ र खुशी बाँढे खुशी बढ्छको संयुक्त आयोजनामा चितवनको अति विकट क्षेत्र काम्दामा रहेका ६० चेपाङ्ग परिवारलाई २०० थान न्यानो कपडा वितरण गरेको थियो ।  

Read More