सामुदायिक प्रहरीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दीपश्री क्रिएटिभ मिडिया र जेसिआई काठमाडौं लेडी नेपालले वाक्कला तालिम सम्पन्न गरेको छ ।
२०७४ कात्तिक १४ गते मंगलबार कालिमाटी स्थित दीपश्री क्रिएटिभ मिडियाको सभाहलमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा बोल्दै महानगरिय प्रहरी प्रभाग रानीपोखरी सामुदायिक शाखाका प्रमुख डिएसपी सुरेन्द्र प्रसाद भट्टले समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने सामुदायिक प्रहरीहरुको क्षमता अभिवृद्धि गर्नमा यो तालिम महत्वपूर्ण रहने बताएका थिए । उद्घाटन कार्यक्रममा जेसिआई काठमाडौं लेडी नेपालकी अध्यक्ष सजना नकर्मीले यस तालिमबाट सक्दो फाइदा लिन सबैलाई अनुरोध गरेकी थिईन् । यस्तै दीपश्री क्रिएटिभ मिडियाका निर्देशक एवं तालिमका मुख्य प्रशिक्षक दिपक लामिछानेले उद्घोषण कला सबै वर्ग र क्षेत्रका व्यक्तिहरुका लागि अत्यावश्यक भएको बताए । त्यसमाथि पनि समुदायसँगै रहने, समुदायकै लागि काम गर्ने र समुदायका मानिसहरुसँग घुलमिल भई सामाजिक विकृति विसंगतीको अन्त्य गर्नमा सक्रिय रहने सामुदायिक प्रहरीहरुलाई प्रभावकारी रुपमा बोल्न कलाको विकास गराउनु अझ आवश्यक भएको धारणा राखेका थिए ।

कात्तिक १७ गतेसम्म चार दिन सञ्चालन भएको उक्त तालिममा उपत्यकाका विभिन्न सामुदायिक प्रहरी कार्यालयका ३७ जना प्रहरीहरुको सहभागिता रहेको थियो । यस तालिमको समापन कार्यक्रम महेन्द्र पुलिस क्लबको सभाहलमा गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरिक्षक प्रहरी आयुक्त जय बहादुर चन्द ज्युबाट दीपश्री क्रियटिभ मिडियाका निर्देशक एवं यस तालिमका प्रशिक्षक दिपक लामिछानेलाई सम्मानपत्र प्रदान गरि विशेष सम्मान गरिएको गरिएको थियो ।

Effective 4 days training for Community Police regards to public speaking
With an objective to enhance the capacity of the community police, “Sharing happiness increases happiness” (Deepshree) and JCI Kathmandu Lady Nepal took 4 days of effective public speaking skills training. At the inaugural program of the training which was conducted at the meeting hall of the Deepshree Creative Media located at Kalimati on Tuesday, Kartik 14, Chief of Metropolitan Police Division, Ranipokhari, DSP Surendra Prasad Bhatt said that the training would be important in enhancing the capacity of the community police to have a direct relationship with the community. A total number of 37 community police from various community police offices of the valley participated in this 4 days training program which ended on Kartik 17. Chief Guest of this program Inspector General of Police Commissioner, Mr. Jay Bahadur Chand honored the campaigner and the instructor of this training, Mr. Deepak Lamichhane with award and certificate.

Leave a Comment